Logo

Nov 24 2026 | २०८३, मंसिर ९गते

रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

रोयल क्यासिनोमा छापा, म्यानेजरसहित १९ नेपाली पक्राउ

रुपन्देही :  भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोबाट म्यानेजरसहित १९ नेपाली पक्राउ परेका छन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित यो क्यासिनोमा कानूनविपरीत नेपाली सहभागी भएको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

मंगलबार राति क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको उनीहरुको साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २ सय थान बरामद भएको उनले बताए ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाका १५ जना, काठमाडौँ, ललितपुर, गुल्मी, पर्साका एक–एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट