काठमाडौँ : सरकारले दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धक पदमा कृषि मन्त्रालयका सहसचिव डा. शरण पाण्डेलाई नियुक्त गरेको छ।
इमान्दारिता र सुशासनमा स्थापित छवि बनाएका पाण्डे यसअघि बागमती, मधेश र कोशी प्रदेशमा प्रदेश सचिवको रूपमा सफल नेतृत्व सम्हालिसकेका अनुभवी प्रशासक हुन्। पदभार ग्रहण गर्दै नवनियुक्त महाप्रबन्धक पाण्डेले लामो समयदेखि बाँकी रहेको दुग्ध किसानको भुक्तानीलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “किसानको श्रमको उचित मूल्य समयमै सुनिश्चित गर्नु हाम्रो पहिलो दायित्व हो।” पाण्डेले डीडीसीलाई आधुनिक र प्रतिस्पर्धी संस्था बनाउन उत्पादन, प्रशोधन र वितरण प्रणालीमा प्रविधिको प्रयोग बढाउने योजना समेत अघि सारेका छन्। उनको नियुक्तिसँगै दुग्ध क्षेत्रमा देखिएका समस्या समाधान हुने र किसानको मनोबल बढ्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij