नवलपुर: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार आज साँझ मध्यविन्दु नगरपालिका–११, गडर खोला नजिक लु १ अ यो १६ नम्बरको टिपरले म.प्र. ०३–०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक बझाङ, बित्थडचिर–३ का २३ वर्षीय भुवन बोहराको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार बझाङ, बित्थडचिर–३ का २५ वर्षीय प्रवेश बोहोरा गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि भरतपुर पठाइएको छ।
ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij