Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न नसक्दा हार्‍यौँ : बादल

दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न नसक्दा हार्‍यौँ : बादल

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले दक्षिणपन्थी अवसरवाद र अराजकतावादलाई परास्त गर्न नसक्दा गत निर्वाचनमा पार्टीले हार बेहोरेको बताएका छन् । बुधवार पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बादलले पराजयलाई विजयमा परिणत गर्न दक्षिणपन्थी र अराजकतावादलाई पराजय गर्न जरुरी रहेको बताए ।

‘हामी किन हार्‍यौँ, किन परास्त भयौँ ? किनभने हामीले आन्तरिक र बाह्य रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न सकेनौँ’, बादलले भने, ‘बरु उल्टो दक्षिणपन्थी प्रवृत्तिले हामीलाई परास्त गर्न पुग्यो । परिणामहरुले यो कुरालाई अकाट्य साबित गरेको छ ।’उपाध्यक्ष थापाले पराजयलाई विजयमा बदल्न आन्तरिक बाह्य दुवै रूपमा दक्षिणपन्थी र अराजकतावादलाई परास्त गर्न जरुरी रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट