Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु

नेपालको ‘ए’ टोली र ओमानबीचको एक दिवसीय शृङ्खलाको पहिलो खेल शुरु

काठमाडौँ : नेपाल ‘ए’ र ओमानबीच दुई खेलको एक दिवसीय शृङ्खला अन्तर्गत पहिलो खेल शुरु भएको छ । मूलपानी क्रिकेट मैदानमा खेल साढे ९ बजेदेखि शुरु भएको हो । ओमानले टस जितेर पहिला ब्याटिङ थालेको छ । दुई टोलीबीचको दोस्रो खेल पर्सि शुक्रबार हुनेछ । 

नेपाल क्रिकेट संघ (क्यान)ले ओमानसँगको एक दिवसीय श्रृंखलाका लागि अनिलकुमार शाहको कप्तानीमा १४ सदस्यीय नेपाली ‘ए’ टोली घोषणा गरेको थियो । 

युएईसँगको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा डेब्यु गरेका सन्तोष यादव र हेमन्त धामी पनि ‘ए’ टोलीमा छन् । आईसीसी पुरुष विश्वकप लिग–२ को शृङ्खला तयारीका लागि ओमान र युएईको टोली नेपाल आएको हो । 

यही शनिबारदेखि नेपाल, युएई र ओमान सम्मिलित लिग–२ शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट