Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

उच्च अधिकारीहरूसँग छलफल गरेर गृह मन्त्रालयबाट निस्किए गृहमन्त्री गुरुङ

उच्च अधिकारीहरूसँग छलफल गरेर गृह मन्त्रालयबाट निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ उच्च सुरक्षा अधिकारीहरूसँग करिब साढे पाँच घन्टा गृह मन्त्रालयमा छलफल गरेका निस्केका छन्।उनले आइजिपी दानबहादुर कार्की, काठमाडौंका सिडिओ ईश्वरराज पौडैललगायतका सुरक्षा अधिकारीसँग मन्त्रालयमा छलफल गरेको गृह स्रोतले जानकारी दिएको छ।

केही प्रकरणका फायल खुल्दै उच्च तहका व्यक्ति पक्राउ गर्ने तयारीसहित बैठक साढे पाँच घन्टासम्म चलेको स्रोतले बताएको छ।

लाखौँको सेयर गुपचूप राखेको आरोपपछि दबाब झेलिरहेका गृहमन्त्री गुरुङले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरूले आफूमाथि मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाएको आक्रोश पोखेका थिए।
उनले कारबाही नरोक्ने चेतावनी पनि दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij