Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विमानस्थलबाट अवैध चाँदीसहित एक जना पक्राउ

विमानस्थलबाट अवैध चाँदीसहित एक जना पक्राउ

विराटनगर :  विराटनगर विमानस्थलबाट स्रोत नखुलेको अवैध चाँदीसहित मंगलबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर–१ बस्ने ४४ वर्षीय आशिष रिजाल रहेका छन् । उनको साथबाट बिल विजक नभएको ३८४ ग्राम ९२० मिलिग्राम चाँदी फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।विमानस्थलको सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उक्त चाँदी बरामद गरेको हो। रिजाल विराटनगरबाट श्री एयरलाइन्सको उडानमार्फत काठमाडौँ जान लागेका थिए।

रिजाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  लिलाराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट