Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नेपाल र युएईबीचको खेल वर्षाले अवरुद्ध

नेपाल र युएईबीचको खेल वर्षाले अवरुद्ध

काठमाडौँ : नेपाल र संयुक्त अरब इमिरेट्स  (युएई) बीच भइरहेको टि ट्वान्टी अन्तरराष्ट्रिय शृङ्खला वर्षाका कारण अवरुद्ध भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेल वर्षाका कारण प्रभावित भएको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८।५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएपछि वर्षा सुरु भएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ९ बलमा १६ रन बनाउँदा अर्जुन साउदले ११ बलमा १३ रन जोडे। सन्दीप जोराले ६ रनमै आफ्नो विकेट गुमाए। मध्यक्रममा कुशल मल्लले १७ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३५ बलमा अविजित ३२ रनको महत्त्वपूर्ण इनिङ्स खेले। 

बासिर अहमदले १४ रन योगदान गरे भने अन्त्यतिर नन्दन यादवले ७ बलमा २ छक्कासहित १३ रन जोड्दै टोलीलाई १२२ रनसम्म पु¥याए। यूएईका तर्फबाट मोहम्मद जुहैबले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । जुनैद सिद्दिकीले २ विकेट लिए भने हैदर अली र मोहम्मद अरफानले समान १–१ विकेट लिए।  

नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ४० रन बनाएको थियो। १० ओभरमा ६२/३ को स्थितिमा रहेको नेपालले १६.३ ओभरमा १०० रन पूरा गरेको थियो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट