Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

नवलपरासी :  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । सङ्घीय सरकारले तयार पारेको निर्देशिकासँग बाँझिने गरी नगरपालिकाले शुल्क निर्धारण गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२’ जारी गरेको छ । निर्देशिकाले निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेको छ । गैँडाकोट नगरपालिकाको २०८० चैत २९ गते बसेको १४औँ नगर कार्यपालिका बैठकले संस्थागत विद्यालयले लिन पाउने शुल्क निर्धारण गरेको छ ।

गैँडाकोटभित्र सञ्चालनमा रहेका विद्यालयलाई तीन वर्गमा वर्गीकरण गर्दै पालिकाले विद्यालयले लिन पाउने शुल्क नै तोकेर निर्णय गरेको छ । विद्यालयले लिन पाउने भर्ना शुल्क, वार्षिक शुल्क, मासिक शुल्क, परीक्षा शुल्क पालिकाले तोकेर निर्धारण गर्दा पालिकाले गरेको निर्णयमा परीक्षा शुल्क सङ्घीय सरकारले तोकेकोभन्दा दोब्बरले बढी लिन पाउने गरी निर्णय गरेको भेटिएको छ ।

पालिकाले ग वर्गका लागि तोकेको शुल्कको थप १५ प्रतिशत रकम ख वर्गको विद्यालय र त्यसको थप १५ प्रतिशत रकम क वर्गको विद्यालयले लिन पाउने गरी शुल्क निर्धारण गरेको पाइएको छ ।

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को दफा १४.१ को क्रम सङ्ख्या ३ मा परीक्षा शुल्क शीर्षकमा मापदण्ड विवरण प्रस्तुत गर्दै, ‘प्रत्येक कक्षाको लागि स्वीकृत मासिक पढाइ शुल्कको ५० प्रतिशतमा नबढाइकन वार्षिक वा किस्तामा लिनुपर्नेछ । परीक्षाको मापदण्डमा सञ्चालित सम्पूर्ण खर्च र स्थानान्तरण प्रमाण पत्र छपाइबापतको खर्च यसैभित्र समेट्नुपर्नेछ’ भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट