Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमाको रथ

बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमाको रथ

भक्तपुरः बिस्केट जात्राको सातौँ दिन बिहीबार भक्तपुरमा इतिहासमै पहिलोपटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेका छन्। आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँचतले मन्दिरबाट नकिजु अजिमा (भद्रकाली)को रथ तानेर इतिहास कायम गरेका हुन्।

यसअघि हरेक वर्ष पुरुषहरूले तान्दै आएको नकिजु अजिमाको रथ यसवर्ष भने जात्रा व्यवस्थापन समितिले नै महिलाहरूलाई आह्वान गरी पहिलोपटक महिलाहरूले मात्रै रथ तानेका हुन्। वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि त्यहीबाट भैरव र भद्रकालीको रथलाई तानेर ल्याई गःहिटीम जुधाउने प्रचलन रहेको छ। नकिजु अजिमाको रथ तान्नलाई हजाराँै महिलाको भीड थियो।

बिहीबार नै ब्रम्हायणी र महेश्वरीको तिप्वा जात्राको खट जुधाइएको छ। भक्तपुरमा आयोजना गरेको या जात्रा हरेक बिस्का जात्राको सातौँ दिन ब्रम्हायणी र महेश्वरीको रथ जुधाएर जात्रा मनाउने गरिन्छ।

जात्राका आठौँ दिन आज भने सगुन जात्रा मनाउने प्रचलन छ। सगुन जात्रामा भक्तपुरका स्थानीयले यहाँका विभिन्न देवीदेवताका मन्दिरमा गएर सगुन चढाएर पुजा गर्ने गरिन्छ। जात्राको नवौ दिन अर्थात् जात्राको अन्तिम दिन वैशाख ५ गते भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने प्रचलन छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट