Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

विश्वमञ्चमा प्रधानमन्त्री शाह, टाइम्स सूचीमा परेपछि रास्वपाको सम्मान

विश्वमञ्चमा प्रधानमन्त्री शाह, टाइम्स सूचीमा परेपछि रास्वपाको सम्मान

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री तथा संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहलाई विश्वप्रसिद्ध टाइम्स म्यागेजिनले विश्वका एक सय प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरेको उपलब्धिप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गरेको छ।

बिहीबार पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा उक्त बधाई प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

बैठकमा सभापति लामिछानेले प्रधानमन्त्री शाहको यो ऐतिहासिक उपलब्धिले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा उच्च बनाएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, जवाफदेहिता र रूपान्तरणप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए।

उनले यस्तो उपलब्धि केवल व्यक्तिगत सफलता नभई समग्र राष्ट्रका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले नेपाललाई विश्वमञ्चमा थप सशक्त रूपमा प्रस्तुत गर्न मद्दत पुग्ने बताए।

रास्वपाले प्रधानमन्त्री शाहलाई उक्त उपलब्धिका लागि पुनः बधाई दिँदै आगामी दिनमा देशको विकास, सुशासन र समृद्धिको यात्रामा अझ प्रभावकारी नेतृत्वको अपेक्षा समेत व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij