Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

दरबार मार्ग क्षेत्रमा डोरमेट टकटकाएर धुलो झार्ने पंकज कुमारलाई २५ हजार जरिवाना

दरबार मार्ग क्षेत्रमा डोरमेट टकटकाएर धुलो झार्ने पंकज कुमारलाई २५ हजार जरिवाना

काठमाडौं : दरबार मार्ग क्षेत्रमा डोरमेट टकटकाएर धुलो झार्ने कार्यमा संलग्न पंकज कुमारलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिएर कारबाही गरेको छ। प्राप्त जानकारी अनुसार सार्वजनिक स्थानमा धुलो प्रदूषण फैलाएको र सर्वसाधारणलाई असुविधा पुर्‍याएको आरोपमा उनलाई कार्यालयमा उपस्थित गराइएको थियो। आवश्यक सोधपुछपछि नियम उल्लंघन गरेको ठहर गर्दै पंकज कुमारलाई रु २५ हजार जरिवाना गरिएको जनाइएको छ।

महानगरले यस प्रकारका गतिविधिले वातावरणीय प्रदूषण बढाउने र जनस्वास्थ्यमा असर पार्ने भएकाले यस्ता कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, नगर क्षेत्रमा सरसफाइ तथा वातावरणीय मापदण्ड पालना गर्न सबैलाई सचेत गराइएको छ।

यस घटनापछि दरबार मार्ग क्षेत्रमा अनुगमनलाई थप कडाइ गरिने र नियम उल्लंघन गर्नेलाई आवश्यक कारबाही गरिने महानगरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट