चितवन : तमू प्ये ल्हु संघ चितवनले बैशाख १८ गते क्याम्पाचौरमा सांगितिक साँझ‘कन्सर्ट’ आयोजना गर्ने भएको छ ।गुरुङ समुदायको धार्मिक प्रमुख आस्था मानिने क्होइबो धीँ निर्माणको सहयोगका लागि जग्गा खरिद गर्न कन्सर्टको आयोजना गरिएको तमू प्ये ल्हु संघ चितवनले मङ्गलबार भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् ।
उक्त सांगितिक साँझमा चर्चित ब्याण्ड एक्सिसका साथै विभिन्न ब्याण्डहरुको प्रस्तुती रहने छन् । कार्यक्रमका लागि रु पाँच सय, हजार ,दुई हजार र पाँच हजारको टिकट रहेको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । कार्यक्रमबाट रु एक करोड ५० लाख आम्दानी गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । टिकट र प्रायोजकबाट आम्दानी हुने छ।कार्यक्रममा रु ५० लाख खर्च हुने उहाँको भनाई छ ।
कार्यक्रम सफल पार्नका लागि १३ वटा विभिन्न उपसमितिहरु समेत निर्माण गरि काम भइरहेको छ ।
कार्यक्रमबाट बचेको रकमले क्होइबो धीँ निर्माणका लागि जग्गा खरिद गर्ने संघले जनाएकोछ । यस अघि विभिन्न सहयोगीदाताहरुबाट संकलन भएको रकमले एक कठ्ठा जग्गा खरिद गरिसकेको र थप एक कठ्ठा खरिदका लागि कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुरुङको भनाई छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij