Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भक्तपुर प्रहरीद्वारा ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ

भक्तपुर प्रहरीद्वारा ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ

भक्तपुर :  जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको स्वीप अपरेसनमा आज ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, “स्वीप अप्रेसनमा आज ३० जना पक्राउ ग-यौँ, हिजो ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।”

उनले विभिन्न घट्नमा संलग्न रहेको आधारमा धेरै व्यक्ति पक्राउ गरेको जानकारी दिँदै स्वीप अप्रेसन जारी राखेको बताए।

सार्वजनिकस्थलमा शान्ति सुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्ने जस्ता गतिविधि गर्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट