Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ :  प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका हुन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ।  हामी महिला उम्मेदवार खडा गर्दैछौँ । '

साम्पाङले नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दलका उम्मेदवारलाई मत दिने विश्वास पनि व्यक्त गरेका छन् । उनले लेखेका छन्– 'हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई ! ७ भोट आउँछ कि १८९?'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट