Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ। मंगलबारपार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो।

बैठक पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए। भोलि प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ। त्यसको बारेमा छलफल गर्न बैठक बोलाइएको नेता बस्नेतको भनाइ छ।

सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउका विषयमा संसद्‌भित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट