Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

एमालेको दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिक भेट्न पुगे गृहमन्त्री गुरुङ

एमालेको दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिक भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नेकपा एमालेका कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकसँग भेट गरेका छन् ।

मंगलबार ललितपुरस्थित उनकै निवासमा पुगेर गृहमन्त्री गुरुङले भेट गरेका हुन् ।अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए ।

सडकपेटीमा हिँडडुल गरेका जेष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल बस्ने आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईं पक्राउ पनि परेका छन् ।

गृहमन्त्री भेट्न पुगेपछि पीडित ज्येष्ठ नागरिकले आफूलाई पीडामा भएको बेलामा साथ दिएको भन्दै धन्यवाद समेत दिएका छन् ।गृहमन्त्री गुरुङले आफ्नो काम सकेर निवास फर्कने क्रममा उनलाई भेट गरेको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट