Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जेनजी मुभमेन्ट नेपालले गर्‍यो ओली र लेखक पक्राउको स्वागत

जेनजी मुभमेन्ट नेपालले गर्‍यो ओली र लेखक पक्राउको स्वागत

काठमाडौँ : जेनजी मुभमेन्ट नेपालले एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयको स्वागत गरेको छ । शनिबार उक्त सङ्गठनले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयको स्वागत गरेको हो ।

साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत अविलम्ब पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी प्रक्रिया अगाडि बढाउन समेत सो सङ्गठनले सरकारसँग जोडदार माग गरेको छ ।

उक्त सङ्गठनले जेनजी आन्दोलनका दमनाकारीलाई बचाउने कुनै पनि प्रकारको षडयन्त्रप्रति सचेत रहेको बताउँदै यस्ता प्रयासहरू भए देशैभरि युवाहरू थ्प सशक्त र कठोर सङ्घर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिएको छ ।

ओली र लेखकलाई प्रहरी शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको थियो ।

656717346_1284193523636444_275516553517057081_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट