Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेनले दिउँसो १२:३४ बजे लिँदै छन् प्रधानमन्त्रीको शपथ

बालेनले दिउँसो १२:३४ बजे लिँदै छन् प्रधानमन्त्रीको शपथ

काठमाडौँ : संविधानको धारा ७६ को १ अनुसार रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । मधेशी समुदायबाट प्रधानमन्त्री बनेको यो पहिलोपटक हो । शाहले आजै दिउँसो १२:३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने मिति तय भएको छ । शपथ साइतको समयबारे रास्वपाले राष्ट्रपति कार्यालयलाई यसअघि नै जानकारी गराइसकेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा हुने शपथ ग्रहणमा ७ वटा शंखनाद हुनेछ । त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री बनाउने उद्‍घोष गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट