Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुदन गुरुङ गृहमन्त्री बन्ने पक्का

सुदन गुरुङ गृहमन्त्री बन्ने पक्का

काठमाडौं : सांसद सुदन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । उनले शुक्रबार गृहमन्त्रीको पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । उनी गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । स्रोतका अनुसार बारबरा फाउन्डेसनको दवाबमा गुरुङलाई गृहमन्त्री बनाउन बालेन अन्तिममा राजी भएका हुन् ।

लामिछानेले भने अन्तिमसम्म डिपी अर्याललाई गृहमन्त्री बनाउन पहल गरे पनि सफल हुन नसकेको बताइएको छ। तर सुदनलाई गृह दिएर डिपीलाई सभामुख बनाउने विषयमा छलफल भइरहेको बुझिएको छ । आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहले शपथ लिन लागेका छन् । उनी उक्त पदमा नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट