Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कर्णाली प्रदेशका ९० जनाको जमानत जफत

कर्णाली प्रदेशका ९० जनाको जमानत जफत

सुर्खेत : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा ९० जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ का अनुसार ‘मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था अनुसार ९० जनाको जमानत जफत हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

जमानत फफत हुनेमा सुर्खेतमा २४ जना रहेका छन् भने दैलेखमा १३ जना छन् । सल्यानमा १०, जुम्लामा ६, कालिकोटमा ६, मुगुमा ४ जना छ्न् । यस्तै डोल्पामा ६, रुकुमपश्चिममा ९, जाजरकोटमा ८, हुम्लामा ४ जनाको जफत हुने भएको छ । जमानत जपत हुनेमा चर्चित अनुहाहरु धेरै रहेको कर्णाली प्रदेश मुख्य निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए ।

यस्तै १० जिल्लाका ३६ उम्मेदवारले १०० मत पनि ल्याउन सकेनन् प्रदेशभरका १३८ उम्मेदवारहरु चुनावी मैदानमा थिए । सल्यानमा १०० मत कटाउन नसक्ने उम्मेदवार ४, जाजरकोट ५, डोल्पामा ५, मुगु १, जुम्लामा ४ र कालिकोटमा २ जनाले एकसय मत पनि प्राप्त गरेका छैनन् । २४ जनाले एक सय मत पनि प्राप्त गर्न सकेका छैनन् । सुर्खेतमा ७ र रुकुम पश्चिममा ४ जनाले १०० मत कटाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट