Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

रास्वपाकाे अग्रता: समानुपातिकतर्फ सबैभन्दा बढी मत

रास्वपाकाे अग्रता: समानुपातिकतर्फ सबैभन्दा बढी मत

काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड २४ लाख ५२७ मत गणना भइसकेको छ। निर्वाचन आयोगको विवरणअनुसार सबैभन्दा बढी मत रास्वपाले ५० लाख ३ हजार १६८ प्राप्त गरी अग्रता कायम गरेको छ। यसैगरी, नेपाली कांग्रेसले १६ लाख ९३ हजार ९१, नेकपा एमालेले १४ लाख ११ हजार ८६३, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६७ हजार ६२१, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ३१७, र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार ९०९ मत प्राप्त गरेका छन्।

अन्य पार्टीहरूको मत परिणाममा जनता समाजवादी पार्टी नेपाल १ लाख ७१ हजार ६९७, राष्ट्रिय परिवर्तन पार्टी १ लाख ६६ हजार ४४७, र जनमत पार्टी ७६ हजार ५४२ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फको मत गणना अनुसार, रास्वपाले १२५ सिट जितेको छ भने नेपाली कांग्रेस १८, एमाले ९, नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति ३, र राप्रपा र स्वतन्त्र उम्मेदवारले १–१ सिट जितेका छन्।

हालसम्म १६४ निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ, तर धनुषा–१ को परिणाम विवादका कारण अझै सार्वजनिक हुन सकेको छैन। समानुपातिकतर्फको मत गणना भने अझै जारी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij