Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेनले विश्वासको मत लिनु नपर्ने

बालेनले विश्वासको मत लिनु नपर्ने

काठमाडौं : प्रतिनिधि सभाको निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्ने निश्चित भइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री नियुक्त भइसकेपछि विश्वासको मत लिनु पर्ने छैन । निर्वाचनअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर मत मागेकोले पार्टीले उनलाई नै प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने विश्वास गरिएको छ ।

बालेन संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्री नियुक्त हुने भएकोले उनले विश्वासको मत लिनु नपर्ने भएको हो । संविधानमा कुनै पनि दलको एकल बहुमत आएर उसको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त भएको अवस्थामा यस्तो प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छैन ।

दुई वा सोभन्दा बढी दलको गठबन्धनमा वा ठूलो तर एकल बहुमत नआएको दलको नेता प्रधानमन्त्री नियुक्त भएको खण्डमा भने विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट