Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन खर्च करिब १४ लाख

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन खर्च करिब १४ लाख

झापा : झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।

निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरि एको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

पेस गरिएको विवरणमा विभिन्न शीर्षकअन्तर्गत खर्च गरिएको रकम समेटिएको छ । प्रचार–प्रसारका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ३३ हजार ५०० रुपैयाँ खर्च भएको छ भने हवाई भाडामा पाँच पटकका लागि ३५ हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ । त्यस्तै मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २६ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

यसैगरी वडास्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालनका लागि ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ । नमूना मतपत्र छपाइका लागि ४४ हजार ५५० रुपैयाँ खर्च भएको उल्लेख छ ।

निर्वाचन अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा दुई महिनामा ९० हजार रुपैयाँ तथा स्टेशनरी खर्च शीर्षकमा २९ हजार ६७० रुपैयाँ खर्च भएको जनाइएको छ ।

त्यस्तै प्रचार सामग्री छपाइ (कपडा तथा ब्यानर) मा १ लाख ७५ हजार ३४ रुपैयाँ तथा प्रचार सामग्री ढुवानी र टिकटमा १ लाख १९ हजार ५०५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ । खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी आइतबार जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट