Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

इलामको सूर्योदयमा भीषण आगलागी

इलामको सूर्योदयमा भीषण आगलागी

इलाम : इलामको सूर्योदय नगरपालिका वडा नं. ९ पाण्डम सुन्दरपानीमा शुक्रबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब ११ बजे स्थानीय पासाङ लामाको भान्छा घरबाट अचानक सल्किएको आगोले छिमेकी प्रेम लामाको घरमा समेत क्षति पुर्‍याएको हो। 

आगलागीबाट पासाङ लामाको भान्छासहित दुईवटा घर र प्रेम लामाको पनि भान्छासहित दुईवटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी फिक्कलबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। 

फिक्कलबाट करिब ५ किलोमिटर पूर्व-उत्तरमा रहेको उक्त बस्तीमा लागेको आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरू सक्रियताका साथ लागिपरेका छन्। लामो समयको प्रयासपछि आगो नियन्त्रणमा लिने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। यद्यपि, घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र अन्य जिन्सी सामानहरू जलेकाले ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ। क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट