काठमाडौं : झापाको निर्वाचन क्षेत्र–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र ‘बालेन’ साह विवादमा तानिएका छन्। उनका प्रयोग गरेका ल्याण्ड रोभर डिफेन्डर गाडी भन्सार छलेर नेपाल भित्र्याइएको खुलेको छ।
स्रोतका अनुसार, उक्त गाडी करेन्ट चाउचाउका मालिक कमलकिशोर मालपानीका छोरा रितेशको नाममा रहेको कम्पनी त्रिमूर्ति इन्डष्ट्रिज प्रालि मार्फत भित्र्याइएको थियो। गाडीको भन्सार र दर्ता प्रक्रिया गर्दा भन्सार विभाग, वाणिज्य विभाग र यातायात व्यवस्था विभागका कर्मचारीसँग साँठगाँठ भएको प्रमाण देखिएको छ।
गाडी भित्र्याउने कम्पनी भने काइरोस इन्टरनेशनल हो, जुन भारतीय नागरिक राकेश अडुकिया को कम्पनी हो। स्रोतका अनुसार, अडुकिया र मालपानीले नक्कली कागजात र कम भन्सार मूल्य देखाएर गाडी भित्र्याउने काम गर्दै आएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसमा छानविन सुरु गरेको छ। हालसम्म भेटिएको तथ्यांकअनुसार, १४ वटा ल्याण्ड रोभर डिफेन्डर गाडी यस्तै माध्यमबाट नेपाल भित्रिएको छ, जसबाट करिब १५ करोड रुपैयाँ राजस्व राज्यले गुमाएको छ।
साथै, अडुकिया परिवारसँग सम्बन्धित अन्य विवादहरू पनि छन्। उनीहरू सुन र डलर तस्करी, टेस्ला गाडी आयातमा मूल्य घटाएर राजस्व छल्ने जस्ता मुद्दामा समेत मुछिएका छन्।
स्रोतले पुष्टि गरेको छ कि वाणिज्य र यातायात विभागले आधिकारिक जाँच नगरी गाडी दर्ता र भन्सारमा छुट दिने काम गरेको पाइएको छ। यसबाट सरकारको नियमन प्रणालीमा गम्भीर कमजोरी रहेको देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij