Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

माओवादी मुस्ताङका पूर्व अध्यक्ष थकाली र एमाले नेतृ गुरुङ कांग्रेस प्रवेश

माओवादी मुस्ताङका पूर्व अध्यक्ष थकाली र एमाले नेतृ गुरुङ कांग्रेस प्रवेश


पोखरा : मुस्ताङका साविक नेकपा माओवादी केन्द्र पूर्व अध्यक्ष गणेश थकालीसहितका नेताहरू बुधबार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । माओवादीका पूर्व अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष थकालीसँगै नेकपा एमाले मुस्ताङकी जिल्ला सदस्य प्रतिभा गुरुङ र ताक्लुङका नेता चन्द्र विक कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूलाई कांग्रेस मुस्ताङका सभापति एवं पूर्व मन्त्री रोमी गौचन थकालीले पार्टीमा स्वागत गरे । गौचनले प्रजातान्त्रिक मूल्य मान्यता, समावेशी राजनीति र जनताको सेवामा विश्वास गर्नेहरूको आगमनले पार्टीलाई मुस्ताङमा अझ सशक्त बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट