Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बीना मगर बिरुद्ध विदेशबाट झुटा प्रचारबाजी, कार्बाहीको चेतावनी

बीना मगर बिरुद्ध विदेशबाट झुटा प्रचारबाजी, कार्बाहीको चेतावनी

कञ्चनपुर : कञ्चनपुर निर्वाचन क्षेत्र १की उम्मेदवार बीना मगर बिरुद्ध विदेशबाट झुटा प्रचारबाजी भईरहेको छ । नेपाली कम्युनिष्ट पाटी(नेकपा)बाट उम्मेदवार मगर बिरुद्ध विदेशबाट झुटा प्रचारबाजी भईरहेको हो । क्षेत्रका जनता मगरप्रति आकर्षित भईरहेका बेला विपक्षी दल, समुहले विदेशमा बसेका व्यक्तिहरुबाट दुष्प्रचारबाजीका उत्रिएको नेकपाले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना उम्मेदवार बिरुद्धमा नेकपा मिन गुरुङ्ग नामको फेसबुकबाट झुटा प्रचारबाजीमा उत्रिएको भन्दै आपत्ती जनाएको छ ।

विज्ञप्तीमा जेनजी बिद्रोहपछि आउँदो ०८२ फागुन २१ गते प्रतिनिधी सभा सदस्य निर्वाचन हुँदैछ । सिङ्गो देशमा चुनावमयी वातावरण बनिरहेको छ, संविधान लोकतन्त्रका विश्वास गर्ने दलहरु चुनावी प्रतिस्पर्धामा रहेको जनाउँदै नेपाली कम्युनिष्ट पाटी(नेकपा) पनि चुनावी अभियानमा जुटेको परिवेक्ष आम जनतालाई सर्ववित्तितै रहेको जनाएको छ । ‘यसै सन्र्दभमा हाम्रो पाटी नेपाली कम्युनिष्ट पाटी(नेकपा)का तर्फबाट महिला नेतृ बिना मगर ज्यू कञ्चनपुर क्षेत्र १ बाट उम्मेदवार रहेको आम क्षेत्रका जनतालाई जानकारी भएकै विषय हो ।, विज्ञप्तीमा भनिएको छ, ‘हाम्रा उम्मेदवार, नेता कार्यकर्ता पङक्ति चुनावी मैदानका होमिएका बेला मिन गुरुङ्ग नामबाट समाजिक सञ्जाल फेसबुक संचालन गरेका व्यक्तिले उम्मेदवार बिरुद्ध झुटा आरोप लगाएको भिडियो केही संचार माध्यमका पेजबाट शेयर भएको विषयले हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

बीना मगरको बेल्जिएममा पाँच खुशि रेष्टुरेन्ट छन, भनेर गरिएको दुष्प्रचार कलोकल्पिक, मिथ्था विषयबारे गरिएको दुष्प्रचार प्रायोजित भएको पाटी नेता कार्यकर्तादेखि जनतामा स्पष्ट पारेको छ । क्षेत्र १ नेकपा सहित उम्मेदबार बीना मगरको पक्षमा जनलहर बढिरहेका बेला स्वदेशी प्रतिकृया तत्व समुहले विदेशमा रहेका नेपाली उस्काएर हुँदै नभएका भ्रमक प्रचारबाजीमा उत्रिएको विषय सफेद झुट भएको जानकारी गराएको छ । कुनै व्यक्तिले उम्मेदवार बिरुद्ध लगाएका झुटा आरोप नेपाली संचार माध्यमले कुनै तथ्य, प्रमाण, आधार बिनै शेयर, सप्रेषणले समेत स्वयम विश्वनिय नेपाली संचार जगतको समेत ओज गरिमा घटाउने काम गरेको ठहर गरेको छ । यसरी उम्मेदवार प्रति जनलहर बढिरहेका बेला अत्तालिएका केही तत्व समुहले स्वदेशमा नभई विदेशमा बस्ने नेपाली मार्फत दुष्प्रचार गर्न लगाउने बदलियत कार्यको समेत हामी घोर निन्दा एव भत्र्सना जाहेर गरेको छ ।

नेकपा क्षेत्र १का संयोजक देवीलाल चौधरीले जारी गरेको विज्ञप्तीमा चुनावको मुखमा झुटा, कपोकल्पिक, कालकोठा भित्र रचेर षड्यन्त्रमुलुक ढङगबाट बदनाम बेईजत मानमर्दन गर्ने गराउने कार्य यथाशिघ्र रोक्न आग्रह गर्दै अन्यथा कानुनी प्रकृयामा जाने यसै विज्ञप्ती मार्फत चेतावनी दिएको छ । साथै विपक्षी व्यक्ति समुहले गर्ने पाटी र उम्मेदवार बिरुद्ध गरेको भ्रम, दुष्प्रचारको विश्वास नगर्न समेत आम क्षेत्रबासी दाजुभाई तथा दिदिबहिनीहरुमा अनुरोध गरिएको छ । यस अघि ०७४मा निर्वाचित बिना मगर खानेपानी मन्त्री हुँदा वा त्यस अघिदेखि नै जनताका लागि खटिएको समेत नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट