Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गगन थापा भन्छन्- कांग्रेससँग आगामी पाँच वर्षमा देश बदल्ने सपना छ

गगन थापा भन्छन्- कांग्रेससँग आगामी पाँच वर्षमा देश बदल्ने सपना छ

सर्लाही : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै पुराना कुराहरू खराब नहुने बताएका छन् । सर्लाही–४ को विष्णु गाउँपालिकामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने- ‘सबै पुराना कुराहरू खराब हुँदैन । हिजोका राम्रा कुराहरू सम्झेर भविष्य हेरेर अगाडि बढ्ने हो । कांग्रेससँग आगामी पाँच वर्षमा देश बदल्ने सपना छ । हाम्रो सरकारले हिजो गरेको गल्तीहरू दोहोरिन नदिने संकल्पका साथ अघि बढेको छ । म यहाँ तपाईँको क्षेत्रलाई आफ्नो क्षेत्र बनाउन आएको हो । म कतै चुनाव लड्ने ठाउँ नभएर यहाँ आएको होइन ।’

कार्यक्रममा सभापति थापाले कांग्रेसको प्रतिबद्धता र क्षेत्रीय विकासप्रति आफ्नो योजना स्पष्ट गर्दै मतदातालाई सहयोग र समर्थनका लागि आग्रह गरेका छन् । साथै कांग्रेस हिजो गरेका गल्तीहरू दोहोरिन नदिने संकल्पका साथ अघि बढेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट