काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले दलित समुदायसम्बन्धी कुनै कुरा नभनेको विषयलाई सामाजिक सञ्जालमा फैलाइएको भन्दै स्पष्ट प्रतिक्रिया दिएका छन्।
अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै, आफूले नबोलेको र कल्पनासमेत नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको बताएका छन्। उनले यस कार्यमा संलग्न व्यक्तिहरूलाई छिट्टै आफ्नो गल्ती सच्याउन आग्रह गरेका छन् र नगरेको अवस्थामा साइबर कानुनको सहारा लिन बाध्य हुने चेतावनी समेत दिएका छन्।
उनले सबैलाई भ्रममा नपर्न आग्रह गर्दै भनेका छन् कि, “मैले दलित समुदायको सम्बन्धमा बोल्दै नबोलेको र कल्पनासम्म नगरेको विषयलाई सुनियोजित रूपमा प्रचार गरिएको पाइएको छ। यस कार्यमा संलग्नहरूले तत्काल आफ्नो गल्ती सच्याउन आग्रह गर्दछु। अन्यथा साइबर कानुनको सहारा लिन बाध्य हुने समेत जानकारी गराउँछु। भ्रममा नपर्न सबैमा आग्रह गर्दछु।”
लिङ्देनको यो प्रतिक्रिया सामाजिक सञ्जालमा फैलिएको तथ्यहीन आरोप र भ्रमपूर्ण प्रचारको जवाफस्वरूप आएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij