Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

डडेलधुराबाट हिउँमा उभिएर बालेनको सन्देश- सुदूर अब टाढा छैन

डडेलधुराबाट हिउँमा उभिएर बालेनको सन्देश- सुदूर अब टाढा छैन

डडेलधुरा :  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम पुगेका छन् ।

हिउँले सेताम्मे बनेको डडेलधुराको सडकमा उभिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बालेनले सुदूरपश्चिम अब केन्द्रबाट टाढा नभएको सन्देश दिएका छन्।





सुदूरपश्चिमकै स्थानीय भाषामा एक सन्देश लेख्दै उनले यस क्षेत्रप्रति आफ्नो आत्मीयता र माया व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्- ‘सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई।’

उनको यो अभिव्यक्तिले सुदूरपश्चिमलाई राजनीतिक तथा विकासको हिसाबले केन्द्रसँग नजिक ल्याउने संकेतका रूपमा हेरिएको छ।

पार्टीका अनुसार बालेन शाहको कार्यक्रम बिहान ९ः३० बजे डडेल्धुरा जिल्लाको तुफानडाँडास्थित घण्टिघरबाट सुरु भएको छ भने अपरान्ह १२ः३० बजे बैतडीको पाटनस्थित पार्टी सम्पर्क कार्यालयमा पुगेर स्थानीय कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, दिउँसो ४ बजे दार्चुलाको गोकुलेस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजना हुने कार्यक्रममा बालेनले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्नेछन्। उनको दिनभरको कार्यक्रम साँझ ८ बजे बझाङको बुङ्गलमा सम्पन्न हुनेछ।

रास्वपाले यी कार्यक्रमलाई ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ नाम दिएको छ, जसअन्तर्गत पार्टीको सन्देश स्थानीय तहसम्म पुर्‍याउने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य लिइएको छ।

यसअघि मंगलबार बालेन शाहले कैलाली र कञ्चनपुर जिल्लामा पनि यस्तै खालका जनसम्पर्क तथा अभिवादन कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट