Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रियंकाको ‘हट’ अवतारले तातो सामाजिक सञ्जाल

प्रियंकाको ‘हट’ अवतारले तातो सामाजिक सञ्जाल

काठमाडौं : नेपाली चलचित्रकी चर्चित अभिनेत्री एवं मोडल प्रियंका कार्कीको पछिल्लो पहिरनले सामाजिक सञ्जाल यतिबेला तातेको छ । कार्कीको यो ‘हट’ अवतारले सामाजिक सञ्जाल मात्रै होइन मनोरञ्जन क्षेत्र नै तातेको छ ।आइतबार कार्कीले पोखराको लेकसाइडबाट केही तस्बिरहरू सार्वजनिक गरेकी थिइन्। ‘वाटर बेबिज’ क्याप्सन दिइएका तस्बिरहरूमा उनी ‘ब्ल्याक कट–आउट (वान पिस)’ मा निकै सुन्दरी देखिएकी छन् ।

रिसोर्टको टेरेसबाट खिचिएका ती तस्बिरहरूको पृष्ठभूमिमा फेवाताल देखिएको छ । उनको पहिरन र फिगरले जोकोहीलाई मन्त्रमुग्ध बनाने चर्चा भइरहेको छ । एक छोरीकी आमा प्रियंकाको यो फोटो सुटले ‘मदरहुड’ पछि पनि आफ्नो शारीरिक बनावट र स्टाइललाई कसरी मेन्टेन गर्न सकिन्छ भन्ने दरिलो उदाहरण पेश गरेको छ ।

सोही दिन अपलोड गरेको उनको अर्को तस्विरले पनि उत्तिकै माया पाएको छ । रातो पहिरनमा देखिएकी कार्कीको उक्त तस्विर पनि यतिबेला सामाजिक सञ्जाल भरिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट