चितवन : गैँडाको आक्रमणबाट माडीमा एक युवाको ज्यान गएको छ । माडी नगरपालिका–१ निवासी २२ वर्षीय अशोक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार घाँस–दाउरा गर्न घर नजिकैको मरड खोलातर्फ गएका भट्टराईमाथि अचानक गैँडाले आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएकोमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको हो ।
यसैबीच, चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार दुवै घटनामा गैँडाको आक्रमणकै कारण मानवीय क्षति भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij