Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गण्डकी प्रदेशमा २२१ जनाले गरे मतदान

गण्डकी प्रदेशमा २२१ जनाले गरे मतदान

पोखरा : राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत हालसम्म गण्डकीका २२१ जनाले मतदान गरेका छन् । फागुन २० पछि रिक्त हुने २ पदका लागि उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । 

गण्डकीमा २२८ जना मतदाता छन् । हालसम्म स्थानीय तहका १६५ जनाले मतदान गरिसकेका छन् भने प्रदेशका ५६ जनाले मत दिइसकेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

गण्डकीमा प्रदेशका ५९ र स्थानीय तहका १६९ मतदाता छन् । अब प्रदेश सांसद ३ जना र पालिकाका प्रमुख र उपप्रमुख ४ जनाले मत दिन बाँकी रहेको कार्यालयले जनाएको छ ।
राप्रपाले मतदानमा भाग नलिने जनाएको छ । प्रदेशमा राप्रपाबाट २ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट