काठमाडौं : कर्णाली प्रदेशमा का लागि मतदान सुरु भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार बिहान ९ बजेदेखि मतदान सञ्चालन भएको प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
कर्णाली प्रदेशबाट आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका लागि एक महिला र एक अन्य कलस्टरमा निर्वाचन भइरहेको छ। यस प्रदेशमा नेपाली काँग्रेस र एमालेबीच गठबन्धन रहेको छ भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्लै चुनावी मैदानमा होमिएको छ।
गठबन्धनतर्फ काँग्रेसबाट प्रदेश सभापति ललितजंग शाही उम्मेदवार बनेका छन्। शाही ०७९ मा प्रदेश सभाको निर्वाचनमा पराजित भएका थिए। उनीसँगै गठबन्धनकै तर्फबाट नेकपा एमालेले मिनासिंह रखाललाई उम्मेदवार बनाएको छ।
नेकपाले रुकुम पश्चिमका बुद्धिप्रसाद शर्मा र महिलातर्फ डोल्पाकी अन्जु महतरा (शाही)लाई उम्मेदवार बनाएको छ। अन्जु साबिक नेकपा एकीकृत समाजवादीकी हुन् भने शर्मा साबिक माओवादी निकट नेता हुन्।
कर्णालीमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जम्मा १९८ मतदाता छन्। प्रदेशसभामा ४० सदस्य रहेका छन् भने स्थानीय तहका प्रमुख, उपप्रधान, अध्यक्ष तथा उपाध्यक्ष १५८ जना छन्।
यो निर्वाचनअघि महिला कलस्टरको सिट एमालेको थियो र अन्य कलस्टर तत्कालीन माओवादीको हातमा रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij