Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु

कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सुरु

विराटनगर : कोशी प्रदेशमा आज राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका १८ पद रिक्त हुने भएकाले आज सातै प्रदेशमा मतदान सञ्चालन भइरहेको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्यतर्फको एउटा सिटमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। बाँकी १७ पदका लागि आज निर्वाचन जारी छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रधान र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षलाई मतदाता बनाइएको छ। यस निर्वाचनबाट राष्ट्रिय सभाका नयाँ सदस्यको तालिका तयार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट