Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भोट माग्दा राष्ट्रिय झण्डाको दुरुपयोग गर्नु आपत्तिजनकः मुख्यमन्त्री कार्की

भोट माग्दा राष्ट्रिय झण्डाको दुरुपयोग गर्नु आपत्तिजनकः मुख्यमन्त्री कार्की

धनकुटा : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डा ओडेर भोट माग्ने गतिबिधि गैरकानुनी र आपत्तिजनक रहेको बताएका छन्। धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले जिल्ला समन्वय समिति धनकुटामा आयोजित कार्यत्रममा मुख्यमन्त्री कार्कीले भने, ‘निर्वाचनमा भोट माग्नका लागि राष्ट्रिय गरिमा झल्काउने सूर्यचन्द्र अंकित झण्डा प्रयोग गर्नु अनुचित हो ।’

चुनाव प्रचारका क्रममा विभिन्न पार्टीहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भन्दै कार्कीले राष्ट्रिय एकता र प्रतिकको अवमूल्यन भएको जनाए । भने, ‘नेपालीको साझा प्रतिकका रुपमा रहेको राष्ट्रिय झण्डा ओढेर भोट माग्ने, व्यक्तिका घर, सार्वजनिक प्रतिष्ठान, सम्पत्तीमा आगजनी गर्ने काम कुनै पनि हालतमा क्षम्य हुँदैन् ।’

राष्ट्रिय झण्डाको दुरुपयोगले राष्ट्रिय एकता, लोकतन्त्र र सामाजिक सद्भावमाथि नकारात्मक असर पार्ने र यसको नियन्त्रण आवश्यक रहेको बताए । सम्बोधनका क्रममा उनले जेन–जी अभियानका क्रममा मारिएकालाई सहिद घोषणा गरिएको भन्दै उनले असन्तुष्टि पोखे । उनले भने, ‘राष्ट्रिय झण्डा ओढेर चोर्न गयो, झण्डा पनि जलायो, आफू पनि जल्यो त्यस्तालाई सरकारले सहिद घोषणा गरेको छ ।’

उनले थपे ‘तपाईको घर चोर्न आउनेलाई तपाइले प्रतिकार गर्नुहुन्छ, महिलामाथि व्यभिचार गर्ने प्रतिकारमा मारिन्छ र त्यसलाई सहिद घोषणा गरिन्छ भने तपाईलाई कस्तो लाग्छ ?'यस्ता प्रवृतिको अन्त्य गर्न नैतिक र चरित्रवान युवायुवतीलाई गाउँगाउँमा संगठित गर्नुपर्ने उनको भनाई छ ।

जेन–जी प्रदर्शनका क्रममा राष्ट्रिय झण्डा ओढेर उपद्रो गर्दा, चोरी गर्दा ज्यान गुमाएकाहरुलाई सरकारले सहिद घोषणा गरेको भन्दै उनले त्यसको आलोचना गरे । भदौ २३ र २४ मा बालबालिका र नवयुवालाई प्रयोग गरेर अवसरवादी तत्वहरुले बिध्वंश मच्चाएको उनको भनाई छ । भने, ‘सामाजिक सञ्जालमा लेखेर माइतीघरमा बालबालिकालाई बोलाएर, उक्साएर, उत्तेजित बनाएर आगो लगाउन लाए । यो जेनजी भाईबहिनीले गरेका थिएनन् । तर प्रहरीको गोली लागेर उनीहरुको मृत्यु भयो, यो दुखद् छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट