Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बालेनलाई भाइ भन्दै महेश बस्नेतले भने–अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु

बालेनलाई भाइ भन्दै महेश बस्नेतले भने–अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु

काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साह ‘बालेन’सँग माफि मागेका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख पद त्यागेर निर्वाचनमा होमिएका बालेनले गरेको भाषणलाई लिएर गरेको टिप्पणीप्रति बस्नेतले माफि मागेका हुन् ।

बालेनले ‘मधेशको छौरा’ भनेपछि बस्नेतले त्यसलाई गलत अर्थ लगाएको भन्दै चौतर्फी विरोध भएको थियो । यस अघिको निर्वाचनमा समेत बालेनको विरोध गर्दा महेश बस्नेतले चुनाव हारेको भन्दै चर्चा चलेको थियो ।

तर, यस पटक भने बस्नेतले सामाजिक सञ्जालमार्फत नै माफि मागेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुुकमा केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको भन्दै गलत व्याख्या नगरिदिन अनुरोध गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्–‘बालेन भाइले ‘म मधेशको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयलाई केही व्यक्तिहरूले गलत नियतले प्रचार गरेको देखिन्छ। म मधेश, मैथिली भाषा, संस्कृति र पहिचानलाई सधैं सम्मान गर्ने व्यक्ति हुँ। मैले नबोलेका बिषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु। कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु। यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए म क्षमायाचना गर्दछु।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट