Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका-८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन ।

दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी चौकीका इन्चार्ज उदयसिंह खडायतले जानकारी दिए ।   घाइतेहरूको पनि परिचय नखुलेको खडायतले बताए । ‘भर्खरै उद्दारको काम गर्यौं, घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाएका छौं, सबै विवरण खुल्न बाकी छ’, प्रहरी इन्चार्ज खडायतले भने ।

ट्याक्टरमा चालकसहित ४ जना सवार रहेको बुझिएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट