काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता महेश्वर दाहालले पार्टीको विधि र जिल्लाको सिफारिस विपरित केन्द्रबाट उम्मेदवार लादिए आफूले विद्रोह गर्ने चेतावनी दिएका छन् । सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार चयनबारे टिप्पणी गर्दै दाहालले सिफारिस विपरीत गइए ‘स्वतन्त्र’ उम्मेदवारी दिने संकेत गरेका छन्।
दाहालले सम्बन्धित पार्टी कमिटी र कार्यदलले सर्वसम्मत रूपमा गरेको निर्णय विपरित केन्द्रबाट ‘जस्केला’ बाट कोही उम्मेदवार बन्न आए त्यो स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
उनले आफू अध्यक्ष प्रचण्डलाई भेट्ने तयारीमा रहेको र भेटमा पनि यही कुरा राख्ने बताए।
टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेता दाहालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस समेत लेखेका छन्। उनले लेखेका छन्,'हामीलाई फेरि घुँडा टेक्न भनिँदैछ । इतिहास उभिनेहरूको हो । हामी अब उठ्नेछौँ ।'
नेकपाले सिन्धुली क्षेत्र नम्बर–२ बाट स्थानीय पार्टीले प्रत्यक्ष तर्फ पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिव हरिबोल गजुरेल र महेश्वर दाहालको नाम सिफारिस गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij