Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

सिलौटाले हानेर महिलाको हत्या, श्रीमान् पक्राउ

सिलौटाले हानेर महिलाको हत्या, श्रीमान् पक्राउ

रौतहट : आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी गठन गर्न लागिएको निर्वाचन प्रहरी भर्नाका लागि रौतहट जिल्लामा दोब्बर सङ्ख्यामा आवेदन दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि जिल्लाभरबाट ६ हजार ७ सय ३६ जना युवायुवतीले आवेदन दिएका छन्। आवेदन दिनेहरूमध्ये अधिकांश युवा रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार आवेदन दिनेहरूमा ९ सय ३६ जना महिला र ५ हजार ३ सय ४८ जना पुरुष छन्। रौतहट जिल्लामा निर्वाचन प्रहरीका लागि ३ हजार ८ सय ५१ दरबन्दी रहेकोमा आवश्यक सङ्ख्याभन्दा करिब दोब्बर आवेदन परेको डिएसपी बस्यालको भनाई छ।

डिएसपी बस्यालले पहाडी केही जिल्लामा मागअनुसार आवेदन नपरेपछि सात दिनको म्याद थप गरिएको भए पनि रौतहटमा भने पर्याप्तभन्दा बढी आवेदन परेकाले म्याद नथपिएको जानकारी दिएका छन्।

आवेदन दर्ता प्रक्रिया सम्पन्न भइसकेको जनाउँदै अब तोकिएको मापदण्डअनुसार छनोट प्रक्रिया अघि बढाइने र छनोटमा परेका उम्मेदवारलाई आवश्यक तालिम प्रदान गरी निर्वाचन सुरक्षामा खटाइने उनले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट