काठमाडौँ : नेकपा एमालेले माघ ४ गते काठमाडौँमा विशेष प्रदर्शन गरी फागुन २१ को निर्वाचनमा औपचारिक रूपमा भाग लिन लागेको घोषणा गरेको छ।
बागमती प्रदेश संयोजक तथा एमालेका सचिव महेश बस्नेतले बिहीबार पत्रकार सम्मेलनमा भने, “माघ ४ गते काठमाडौँमा एमालेले विशेष जनप्रदर्शन गरेर निर्वाचनमा होमिन्छ। खुल्ला सभाबाट एमाले निर्वाचनमा भाग लिन्छ भन्ने सन्देश दिन खोजिरहेका छौँ।”
बस्नेतले भने, कतिपयले एमाले चुनावमा भाग लिन्छ कि भन्ने प्रश्न उठाइरहेको भए पनि पार्टीले कहिल्यै पनि चुनावमा भाग नलिने भनेको नभएको स्पष्ट पार्दै, “अहिले चुनावको वातावरण छैन भन्ने मात्रै हाम्रो कुरा हो। अहिले पनि प्रहरी प्रशासन र न्यायालयको मनोबल कमजोर छ,” उनले बताए।
उनले वर्तमान सरकारको आलोचना गर्दै भने, “सुशीला कार्की नेतृत्वको सरकार आफूलाई नागरिक सरकार भन्छ, तर ठूला दल र नेताका कारण कार्यान्वयन हुन सकेको छैन। सरकारी निर्णयहरू भ्रष्टाचारलाई उन्मुक्ति दिने प्रकृतिका देखिन्छन्।”
एमालेले कांग्रेस विभाजन र राष्ट्रियता–लोकतन्त्र कमजोर पार्ने अन्तर्राष्ट्रिय चलखेल भएको दाबी पनि गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij