Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

समानुपातिक सिफारिसको मापदण्ड एकै किसिमको हुनुपर्‍यो : मोक्तान

समानुपातिक सिफारिसको मापदण्ड एकै किसिमको हुनुपर्‍यो : मोक्तान

काठमाडौँ : नेपाली कांग्रेस काभ्रे सचिव युवराज मोक्तानले नेताको भाषण नै पार्टीको विचार बन्न नहुने बताएका छन् । उनले नेताले नेतृत्व गर्दा नीतिगत रूपमा आफ्नो विचारहरू राख्न सक्नुपर्ने र व्यवहारमा  लागु हुनुपर्ने बताए। उनले समानुपातिक सिफारिसको मापदण्ड एकै किसिमको हुनुपर्ने बताए । 

सबै जिल्लाबाट पार्टीमा पहुँच नपुग्ने हुनाले भूगोलको अनुसार समान सहभागिता हुनुपर्ने उनले सुझाव दिए । पदाधिकारीहरूमा मुख्य पदमा महिलाहरूको समान सहभागिता हुनुपर्ने उनको माग छ। प्रदेशमा केन्द्रीय महाधिवेशनको प्रतिनिधिले थिचोमिचो नगर्नेखालको विधान हुनुपर्ने उनको सुझाव छ। 

प्रदेश सभापति र क्षेत्र सभापति प्रावधान खारेज हुनुपर्ने उनले माग गरे। संसदीय बोर्ड अनुशासन समिति र निर्वाचन समिति महाधिवेशनबाटै छनोट हुनुपर्ने उनले सुझाव दिए । गैर आवासीय नेपालीको नागरिकताको सवालमा विधानमा समेट्न उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट