काठमाडौँ : फिल्म ‘गोबर गणेश’ सेन्सर पास भएको छ । फिल्मलाई सोमबार साँझ केन्द्रीय चलचित्र जाँच समितिले हेर्दै सबैले हेर्न मिल्ने ‘यू’ (युनिभर्सल) सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेट पाएसँगै फिल्म स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म, अर्थात् सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन् ।
फिल्मको हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ले निर्देशन गरेका हुन् । ‘फिल्मले सेन्सरबाट प्रशंसा समेत पाएको छ’, निर्देशक श्रेष्ठले भने ‘दर्शकले पनि फिल्म मनपराउनु हुन्छ भन्ने लागेको छ ।’
विशेषतः पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्षको कथामा निर्माण भएको फिल्ममा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतका कलाकारको अभिनय छ । टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको फिल्म श्रीब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij