Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

सिरहा : सिरहामा स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका-३ मरिकटोल बस्ने २४ वर्षीय देवनाथ यादव रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले आज दिँउसो भगवानपुर गाउँपालिका-४ राडीस्थित दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको थियो ।

चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार नौ सय ९० रुपैयाँ नगद र साथमा उनले प्रयोग गरेको मोटरसाइकल र एक थान मोबाइल फोन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्ति र बरामद नगद आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट