Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुदन किराती र हर्क साम्पाङबीच भेटवार्ता, देशको संकट र चुनावी सहकार्यबारे छलफल

सुदन किराती र हर्क साम्पाङबीच भेटवार्ता, देशको संकट र चुनावी सहकार्यबारे छलफल

सुनसरी : पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता सुदन किराती र धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच धरानमा भेटवार्ता भएको छ।

आज धरानमा भएको उक्त भेटका क्रममा देशको वर्तमान राजनीतिक–आर्थिक संकट, विकासका चुनौतीहरू तथा ती समस्याबाट बाहिर निस्कने सम्भावित उपायबारे विस्तृत छलफल भएको नेता किरातीले जानकारी दिए। दुवै नेताले देश अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकाल्दै त्यसको समाधानका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

भेटवार्तामा मुख्य रूपमा दुई विषयमा केन्द्रित रहेर छलफल भएको बताइएको छ। पहिलो, देशलाई वर्तमान संकटबाट निकास दिँदै विकासको गतिमा कसरी अघि बढाउन सकिन्छ भन्ने विषय र दोस्रो, आगामी निर्वाचनहरूमा चुनावी सहकार्यको सम्भावना र स्वरूपबारे प्रारम्भिक कुराकानी भएको जनाइएको छ।

भेटपछि नेता किरातीले देशको हित र समग्र विकासका लागि समान सोच र धारणा राख्ने शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको बताए। दुवै नेताबीच आगामी दिनमा पनि यस्ता छलफललाई निरन्तरता दिने समझदारी भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट