Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

घनश्याम भूसालले दिए विशेष महाधिवेशनका लागि गगन-विश्वलाई शुभकामना

घनश्याम भूसालले दिए विशेष महाधिवेशनका लागि गगन-विश्वलाई शुभकामना

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का नेता घनश्याम भूसालले गगन थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनका लागि शुभकामना दिएका छन् । महामन्त्रीद्वयले घोषणा गरेको महाधिवेशन सफलताले नेपाली राजनीतिमा ठूलो महत्व राख्ने बताउँदै भूसालले सफलताको शभकामना व्यक्त गरेका हुन् ।

नेपाली काङ्ग्रेसलाई काङ्ग्रेसीहरुको बनाउन सक्यो भने कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरुकै हुन कर लाग्छ । बीच सडकमा दिनदहाडै भैरहेको तथाकथित विचारहरुको खुलेआम खरिदबिक्री रोकिने छ ‘, उनले लेखेका छन्, ‘त्यस अर्थमा यो विशेष महाधिवेशनको सफलताले नेपालको राजनीतिमा ठूलो महत्व राख्नेछ । कम्तिमा दलाल पुँजीवादको संयुक्त कार्यालय विघटन हुनेछ । शुभकामना ! ‘

पूर्वमन्त्रीसमेत रहेका नेता भूसाललले गगन थापा र विश्वप्रकाशहरुको नेतृत्वमा हुने नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन उनीहरुकै मामिला भए पनि यसले नेपाली राजनीतिको मधुशाला भत्काउन सके वर्तमान गतिरोध तोड्न असाधारण योगदान गर्ने बताएका छन् । गगन-विश्वको नेतृत्वमा यही पुस २७ र २८ गते भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ । संस्थापन पक्षले भने यसलाई अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट