Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

८ पटक मुद्दा चलेका व्यक्ति नवौं पटक मोटरसाइकल चोरीमा समातिए

८ पटक मुद्दा चलेका व्यक्ति नवौं पटक मोटरसाइकल चोरीमा समातिए

काठमाडौं : विभिन्र कसुरमा आठ पटकसम्म मुद्दा चलेका व्यक्ति अहिले नवौं पटक चोरी कसुरमा समातिएका छन् । चोरी कसुरमा नवौं पटक पक्राउ परेका व्यक्ति हुन् दोलखाको गौरीशंकर गाउँपालिका–८ का २३ वर्षीय अब्राहम थामी । उनीसँगै दुई मोटरसाइकल चोरी आरोपमा प्रहरीले दोलखाकै बिगु गाउँपालिका–८ का २३ वर्षीय गोविन थामी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

१५ पुसमा तीनकुने पार्किङ गरेर राखेको बा. प्र. ०२–०२३ प ६२०७ नम्बरको २२० सिसीको पल्सर र सोही दिन सिनामंगलमा पार्किङ गरेको बा. प्र. ०२–००२ प ०८५९ नम्बरको २२० सिसीकै पल्सर मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । त्यसपछि अनुसन्धानमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेका हो ।

पक्राउ परेका मध्ये अब्राहम २०७६ देखि अहिलेसम्म आठ पटक मुद्दा चलिसकेको भेटिएको छ । २०७६ मा चोरी तथा डाँका, अभद्र र चोरी गरी तीन पटक तीन फरक ठाउँबाट मुद्दा चलेको भेटिएको छ । २०७७ मा तीन तीन फरक ठाउँबाट चोरीको कसुरमा मुद्दा चलेको भेटिएको छ । २०८० मा भने दोलखाबाट सवारी ज्यानको कसुरमा मुद्दा चलेको भेटिएको छ ।पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट