Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ड्राइभरको मति र सवारीसाधनको स्टेरिङमा अडिएको ‘ट्राफिक’ जिन्दगी !

ड्राइभरको मति र सवारीसाधनको स्टेरिङमा अडिएको ‘ट्राफिक’ जिन्दगी !

गएको चार दिनयता नेपालको सडकमा दुई घटना घटे । रात–दिन, घाम–पानी, जाडो–गर्मी नभनि सडकमा हुनसक्ने ट्राफिक जाम हटाउन देशभरी हजारौं ट्राफिक प्रहरी खटिएका हुन्छन् ।

 

सधैं जस्तै मुख्य राजमार्गमा चेकिङमा बसेका ट्राफिक प्रहरीलाई हेटौंडामा एक मादक पदार्थ सेवन गरी सवारी चलाएका चालकले १० मिटरसम्म घिसारेर गम्भीर घाइते बनाए भने बुटवलमा भएको घटनामा त ट्राफिक सहायक हवल्दारले ज्यान नै गुमाए ।

 

चारदिनकै अवधिमा भएका यस्ता गम्भीर घटनाहरु त प्रतिनिधि घटनामात्रै हुन् ।

 

जनताको सेवाका साथै आफ्नो रोजीरोटीका लागि जागिर खाएका राष्ट्र सेवकहरुले आफ्नो कारणले भन्दा पनि अन्यको कारणले गम्भीर क्षति ब्यहोर्नुपर्ने अवस्था छ । रातदिन नभनी सडकमा खटिनुपर्ने जागिरमा कहाँ कतिबेला कुन गाडीले ठक्कर दिने हो त्यसको अनुमानसम्म गर्न सकिने अवस्था छैन । त्यसैले ट्राफिकहरुले पनि आफू सुरक्षित भएर ड्युटी गर्नुपर्ने हुन्छ । अहिलेको प्रविधिको युगमा नियम मिच्नेहरुलाई केही बेरपछि पनि कारबाही गर्न सकिन्छ, त्यसैले ज्यानकै बाजी लगाएर सडकमा चालकहरुसँग जुध्न नजाँदा नै राम्रो ।

 

सडकमा रहेका ट्राफिक प्रहरीलाई शत्रु जस्तो ठान्ने सवारी चालक महोदयहरु, कृपया उनीहरुको घरमा पनि नाबालक छोरा–छोरी र वृद्ध बा–आमाको साथै हातभरि चुरा र सिउँदोमा सिन्दुर लगाएर बसेकी श्रीमती होलान् भन्ने सम्झिदिनुहोला । तपाईंको सुरक्षाका लागि सडकमा बसिरहँदा तपाईंकै सवारीको ठक्करबाट उनीहरुको जीवन नसकियोस् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट