Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

त्रिशूलीमा नुहाउन गएका दुई जना बेपत्ता

त्रिशूलीमा नुहाउन गएका दुई जना बेपत्ता

चितवन : त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । शनिबार दिउँसो चितवनको इच्छाकामना–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा बस्ने २१ वर्षका शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु रहेका प्रहरीले जनाएको छ।

उनिहरु त्रिशूली हाइड्रो पावरमा काम गर्न आएका सिइ कन्ट्रक्सन प्रालिका कामदार रहेको खुलेको छ । शनिबार बेपत्ता बनेकाहरुको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटको गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

शनिबार साँझसम्म खोजी गर्दा बेपत्ता भएकाहरु नभेटिएको र आइतबार पनि खोजी कार्य जारी रहने शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट